खेम रितु टिका र मनोजको स्वरमा अन्तरजातीय प्रेम बिवाहको प्रसंगमा तिज गीत ‘जाम भो भागेर’ सार्वजनिक

 २७ असार , काठमाडौ ||

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा रितु थापा मगरको प्रस्तुतिमा “जाम भो भागेर” बोलको तिज गीत शुक्रबार मात्र सार्वजनिक भएको छ ।

नेपाली समाजमा यथावत रुपमा रहेको जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध लाई लिएर घर परिवार र समाजले हेर्ने दृष्टिकोणलाई यो गीतले चिरफार गर्न खोजेको छ ।

आजको यो समयमा यदि चोखो प्रेम गरिएको भने “अन्तरजातीय प्रेम बिवाह” समाजका लागि – पहिले आफ्नो घर बाटै स्विकार्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको  छ ।

नेत्र अर्यालको शब्द एवम् खेम सेन्चुरीको लय सृजनामा खेम सेन्चुरी,रितु थापा मगर,टीका सानु र मनोज भण्डारीको आवाजमा रहेको यो गीत लाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा रेकर्ड गरी खडक बाजुरालीले ध्वनि सम्पादन गर्नु भएको हो ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो लाई सुरेश श्रेष्ठले छायांकन गर्नु भएको छ भने बिनोद श्रेष्ठ, शिरु बिष्ट, खेम सेन्चुरी, रितु थापा मगर, नरिन बुढाथोकी र बाल कलाकार शुभम बुढाथोकीको दमदार अभिनय रहेको गीतको म्युजिक भिडियो लाई बिष्णु शर्माले सम्पादन गर्नु भएको हो ।

रितु थापा मगरको आफनै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा म्युजिक भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close