क्यान्सर पिडितको उपचारका लागि दारी ग्याङ गोरखाले उठायो एक लाख रकम पिडित परिवारलाई हस्तान्तरण

  •  गोरखा : क्यान्सर पिडितको उपचारका लागि दारी ग्याङ गोरखाले सामाजिक सञ्जाल मार्फत एक लाख रकम जुटाएकाे छ । बारा जिल्ला घर भई गोरखा नगरपालिका वडा नम्बर ७ बस्दै आएकी उसरवानी खातुनको आर्थिक अभावमा उपचारमा समस्या भएपछि दारी ग्याङले फेसबुक लगायतका सामाजिक सञ्जालहरु मार्फत अभियान चलाएर १ लाख ८ सय ५९ रुपैया संकलन गरेका हुन ।

पित्तथैलीको क्यान्सरबाट पीडित खातुनलाई थप उपचारका लागि दारी ग्याङका अध्यक्ष राजेन्द्र न्यौपानेले शनिबार उनकै डेरामा गएर श्रीमान इशा मियाँलाई संकलित रकम हस्तान्तरण गरेका हुन ।

खातुनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि उनका श्रीमान मियाँले केहि समयअघि बिभिन्न सञ्चार माध्यम मार्फत सहयोगको याचना गरेका थिए । सो लगत्तै आफुहरुले बिभिन्न माध्यम प्रयोग गरी देशविदेशमा बस्ने गोर्खालीहरु मार्फत पहिलो चरणमा सो रकम संकलन गरिएको दारी ग्याङका सुमन कार्कीले बताए ।

अभियान मार्फत जापानमा बस्ने गोर्खालीहरुले ५० हजार ६ सय ५० रुपैयाँ सहयोग पठाएकाे कार्कीको भनाई छ । त्यस्तै कतार र दुबईमा बस्ने नेपालीहरुले समेत रकम सहयोग उपलब्ध गराएको उनले बताए ।

त्यस्तै गोरखा लगायत नेपालका बिभिन्न स्थानमा बस्ने नेपालीहरुले समेत अभियानमा सहभागिता जनाएको दारी ग्याङका सुवास अधिकारीले बताए ।

यस अघि समेत खातुनको उपचारका लागि वडा नम्बर ७ नयाँबजारका स्थानीय लगायत हाम्रो साहारा फाउण्डेशनले आर्थिक सहयोग गरिसकेका छन् भने अझै केहि सहयोग रकम आउने क्रम चलिरहेको फाण्डेण्शनकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन ।

खातुन घरमा रहदा भने दैनिक चेकजाँच र स्वास्थ्य सम्बन्धि सहयोग नयाँबजार कै अर्याल मेडिकल हलका सञ्चालक विनोद अर्यालले निशुल्क रुपमा गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close