भारतीय व्यवसायी मुकेश अम्बानी विश्वको सातौँ धनी

 २७ असार , नयाँदिल्ली : भारतीय व्यवसायी रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी विश्वकै सातौँ धनी बनेका छन् ।

फोब्र्स रियल टाइम बिलिनियर्स सूची अनुसार अम्बानी यही शुक्रबार २ बिलियन अमेरिकी डलर पूँजी थप्दै ७० दशमलब १ बिलियन डलर सहित सातौँ स्थानमा परेका हुन् । यससँगै अम्बानी भारतका सर्वाधिक धनाढ्य बन्न सफल भएका छन् । फोब्र्सले यही शुक्रबार सूची तयार पारेको थियो ।

अम्बानीले आफ्नो जिओ प्लेटमर्फमा फेसबुकका मालिक मार्क जुकरबर्गको समेत लगानी भित्र्याएका छन् । विश्वकै धनी व्यवसायीमा भने अमेजनका मालिक जेफ बेजोस परेका छन् । १८६ दशमलब ८ बिलियन अमेरिकी डलर पूँजी सहित उनी पहिलो सूचीमा पर्न सफल भएका हुन् । यस्तै माइक्रोसफ्टका मालिक बिल गेट्स दोस्रो नम्बरमा छन् ।

( यो खवर अन्नपुर्ण पोष्टमा साभार गरिएको हो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close