बलेसँगै नाचे प्रिज्मा र प्रिन्सी , अनिताको तिज गित ‘यस्तो वनोस् मेरो तिज’ भिडियोसहित

 कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा महिलाहरुको महान चाड तीज नजिकिँदै गरेको बेला नयाँ नयाँ गीतहरु सार्वजनिक हुने क्रम जारी छ । कोरोनाको कहरसँगै बढेको तिजको लहर र रहर पनि यतिबेला फिका बनिरहेको छ । तर पनि कलाकारहरु तीज गीत बजारमा ल्याउने जोश र जाँगर बोकेर अगाडि बढिरहेका छन् ।

पिआरवाला गायिका अनिता चलाउनेको नयाँ तीज गीत सार्वजनिक भएको छ ‘यस्तो बनोस् मेरो तीज’ ।

यस्तो बनोस् मेरो तिज गीतमा विपिन किरणको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । गायिका अनिता चलाउनको स्वर रहेको यस गीतको सहगायनमा भने समिक्षा अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ ।

जुन गीतमा पछिल्लो समयका चर्चित कलाकार सागर लम्साल ‘बले’ सँगै ट्वीन गर्ल भनेर चिनिएका प्रिज्मा खतिवाडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको म्यूजिक भिडियोमा उनीहरुको नृत्य देख्न सकिन्छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close